भारतमा कोरोना संक्रमण बढदो

  • प्रकाशित मिति : २०७७ चैत्र २०, शुक्रबार
  • chhanbin.com

२० चैत,काठमाडौँ । भारतमा पछिल्लो चौबिस घण्टामा ८१ हजार ४६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ।

बितेको चौबिस घण्टामा भारतमा ४६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसैका साथ भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३९६ पुगेको छ।

हरेक दिन नयाँ संक्रमित भेटिनेको संख्या पछिल्लो एक साता यता अती तीव्र भएको छ।

बिहीबार मात्रै ७२ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए।