प्रहरीद्वारा साढे २६ किलो गाँजा बरामद

  • प्रकाशित मिति : २०७७ चैत्र १९, बिहीबार
  • chhanbin.com

१९ चैत,वीरगञ्ज। प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट साढे २६ किलो गाँजा बरामद गरेको छ।

पटेर्वासुगौली गाउँपालिका २ अकवा टोलमा रामेश्वर पंजियारले घरमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलिले उनको घरबाट गाँजासहित गाँजा च्याप्ने मेसिन एक थान, तीन थान ढक र एक थान तुलो बरामद गरेको हो।

गाँजा राख्ने पंजियार भने फरार भएको तथा उनको खोजी भइरहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।