ओलीले गरे सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई निलम्बन

  • प्रकाशित मिति : २०७७ चैत्र १९, बिहीबार
  • chhanbin.com

१९ चैत,काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई निलम्बन गरेको छन् ।

पाण्डे र भुषालले बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।

यसअघि अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बित गरेका थिए ।

अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने अध्यक्ष ओलीले निलम्बन पत्रमा उल्लेख गरेका छन् । उनले सच्चिनका लागि यो अन्तिम मौका भएको पनि ओलीले पत्रमा उल्लेख गरेका छन् ।