ब्राजिलमा कोरोना भाइरसबाट मार्च महिनामा मात्रै ६६ हजार ५७० जनाको ज्यान गयो

  • प्रकाशित मिति : २०७७ चैत्र १९, बिहीबार
  • chhanbin.com

 १९ चैत, काठमाडौँ। ब्राजिलमा कोरोना भाइरसका कारण मार्च महिनामा ६६ हजार ५७० जनाको ज्यान गएको छ।

अघिल्लो महिना भन्दा मार्चमा कोभिड–१९ का कारण ब्राजिलमा दोब्बर बढिको ज्यान गएको हो।

ब्राजिलमा निरन्तर संक्रमण बढ्दो क्रममा रहँदा स्वास्थ्य प्रणाली सेवा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेको प्रयास अति कमजोर भएको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको तीव्र आलोचना हुँदै आएको छ ।

उनले लगातार लककडाउनसहितका सावधानीका उपायको विरोध गर्दै आएका छन् ।

ब्राजिलमा अहिलेसम्म कोभिड–१९ का कारण तीन लाख २१ हजार पाँच सय भन्दा धेरैको ज्यान गएको छ । कुल संक्रमितको संख्या एक करोड २७ लाख ४८ हजार सात सय भन्दा धेरै छ ।