नेकपा एकता भंग गर्ने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनको सुनुवाई प्रधानन्यायाधीश सहितको इजालासमा

  • प्रकाशित मिति : २०७७ चैत्र १९, बिहीबार
  • chhanbin.com

१९ चैत,काठमाडौँ । नकेपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनको सुनुवाई बिहीबार हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईका लागि आफूहितको इजलास बताएका छन् । इजलासमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना पनि छन् ।

नेकपाको नाम सम्बन्धी मुद्दाको फैसला दिने क्रममा गएको फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो ।

सो फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको मंगलबार सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता गरेका थिए ।

एकता भंग गर्ने फैसला कानूनी नभई सर्वोच्चको राजनीतिक निर्णय रहेको माओवादी केन्द्रले उल्लेख गरेको छ ।

सर्वोच्चले एमाले र माओवादीको एकताबाट बनेको नेकपालाई बदर गरि निर्वाचन आयोगमा पहिले नै दर्ता भएको ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई वैधता प्रदान गरेको थियो ।