आज सुनको मूल्य घट्यो

  • प्रकाशित मिति : २०७७ चैत्र १८, बुधबार
  • chhanbin.com

१८ चैत,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य तोलाको ८६ हजार थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि चार सय रुपैयाँले घटेर ८५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।