आज राति ८ बजेदेखि मेरो शेयरको सेवा अवरुद्ध हुने

  • प्रकाशित मिति : २०७७ चैत्र १७, मंगलवार
  • chhanbin.com

१७ चैत,काठमाडौं । आज बेलुका मेरो शेयरको सेवा अवरुद्ध हुने भएको छ । मेरो शेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसंगै विभिन्न प्रँविधिक समस्याहरु देखा पर्दै आएकोले यस्ता समस्या समाभन गर्न थप आकस्मित सर्भरहरु जडान गर्न आज बेलुकीको सेवा अवरुद्ध हुने भएको हो ।

सिडीयसका अनुसार मेरो शेयरमा चाप बढेपछि आएका प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गर्नु पर्ने भएकोले सेवा अवरुद्ध हुने भएको हो । आज चैत्र १७ गते बेलुका ८ बजेदेखि केहि समयको लागि मेरो शेयरको सेवा अवरुद्ध हुने छ ।

सेवा अवरुद्ध हुने भएपछि आज मंगलबार शेयर कारोबार भई १८ गते राफसाफ भईसक्नु पर्ने कारोबारको हकमा शेयर ट्रान्सफर ईडिआईएस गर्ने समय बढाईएको छ । जस अनुसार आज बेचिएको शेयरको ईडिआईएस चैत्र १८ गते बिहान १० बजेसम्म गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।