१६७ जना कोरोना संक्रमित थपिए तीनजनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ चैत्र १७, मंगलवार
  • chhanbin.com

१७ चैत,काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १४७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ११५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ।

हाल देशभर १ हजार ३ सय ९० जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप तीनजनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३० पुगेको छ।