१३ चैत,काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।
बिहीबार प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार ८५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।