नाटक ‘मालिनी’ मञ्चन

  • प्रकाशित मिति : २०७७ चैत्र १२, बिहीबार
  • chhanbin.com

१२ चैत,काठमाडौँ । राष्ट्रिय नाचघर जमलमा नाटक ‘मालिनी’ मञ्चन भएको छ । बंगाली कवि रविन्द्रनाथ टैगोरको कथामा आधारित नाटकलाई झोराहाट नाट्य समूहले बुधबार मञ्चन गरेको हो ।

हन्दु धर्म र बुद्ध धर्मबीचको द्धन्द्धको कथा रहेको नाटक बुद्ध थिएटर फेस्टिभलपरेर मञ्चन भएको हो । हिन्दु धर्म मान्ने परिवारमा हुर्के बढेकी काशीकी राजकुमारी मालिनीले बुद्ध धर्म ग्रहण गरेपछिको संघर्ष नाटकले प्रस्तुत गरेको छ ।

नाटकले मालिनीको दरबार छोड्नु पर्ने परिस्थिती, दरबार त्याग्ने बेलामा दिएको उपन्यास र उनीभित्र दरबारभित्र भएको शणयन्त्रलगायत समेटिएको छ । यो संसारमा धर्मभन्दा पनि ठूलो मानवता हो भन्ने सन्देश दिन खोजेको छ ।

भरत गुरागाइँ, प्रज्जवल काफ्ले, गोमा पौडेल, सुरज माझी, प्रदीप सरदारलगायतका कलाकारको अभिनय रहेको नाटक सुदीपजंग कार्कीले निर्देशन गरेका हुन् । १ घन्टा समयावधिको नाटकको अनुवाद नेचुरल्ली दीपकले गरेका हुन् ।

भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा सुरु भएको बुद्ध थिएटर फेस्टिभल शनिबारसम्म चल्नेछ । फेस्टिभलको पाँचौं दिन बिहीबार अर्थात आज हङकङबाट सहभागी नाटक ‘सिद्धार्थ इन हङकङ’ मञ्चन हुँदैछ ।