ज्योति लाइफकाे आईपीओ शुक्रबार बाँडफाँड,आईपीओकाे रिजल्ट यसरी हेर्न सकिने

  • प्रकाशित मिति : २०७७ चैत्र १२, बिहीबार
  • chhanbin.com

११ चैत, काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको प्रि अलटमेन्ट मंगलबार भएको छ । प्रि अलटमेन्ट भएको कम्पनीको शुक्रबार आईपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको ५९ लाख ९४ हजार कित्ता आईपीओ १० कित्ताका दरले वितरण गरेको छ ।कम्पनीको प्राथमिक शेयरमा १८ लाख ४ हजार ६४८ जनाले तीन करोड ८० लाख ५७ हजार कित्ताको लागि आवेदन दिएका छन् ।

आईपीओ रिजल्ट कसरी हेर्ने ?

सिडिएससीले मेरो शेयर बाहेक आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि (https://iporesult.cdsc.com.np) बाट हेर्ने व्यवस्था मिलाएको छ ।