सिंगटी हाइड्रोको आइपिओमा १६ लाख २३ हजारको आवेदन,कतिको हात खाली त ?

  • प्रकाशित मिति : २०७७ चैत्र ११, बुधबार
  • chhanbin.com

११ चैत, काठमाडौं । सिंगटी हाइड्रोपावरको प्राथमिक सेयर आइपिओमा अन्तिम दिनसम्म १६ लाख २३ हजार ४५० जनाले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङका अनुसार सो संख्याले २ करोड ४७ लाख कित्ता सेयर माग गरेका हुन्। २ अर्ब ४७ कराेड रुपैयाँ आवेदकको बैंक खातामा ब्लक भएको छ।

कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कम्पनीले सर्वसाधारणलाई कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खोलेको थियो।

२ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन् । १३ लाखभन्दा धेरैको हात रित्तो हुनेछ।