१० चैत, काठमाडौं । पठाओले आफ्ना राइडरहरुलाई आफ्नो लोगो वा बाण्ड झल्किने ज्याकेट र ट्राउजर लगायतका कपडा नलगाउन आग्रह गरेको छ।
पठाओले मंगलबार विज्ञप्ति जारी गरेर अर्को सूचना नआएसम्म पठाओको ब्राण्ड झल्किने कपडा नलगाउन आग्रह गरेको हो। सूचनाको बेवास्ता गरे प्रशासनबाट कारबाही हुनसक्ने भन्दै त्यसप्रति कम्पनी जिम्मेवार नहुने पनि चेतावनी दिइएको छ।
पछिल्लो समय पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडरले पठाओको लोगो वा ब्रान्ड झल्किने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न सम्पूर्ण राइडरहरूमा अनुरोध गर्दछौँ, पठाओद्वारा जारी विज्ञप्तिमा भनिएको छ।