केपी ओली पार्टी छाडेर गए हुन्छ : नेपाल

  • प्रकाशित मिति : २०७७ चैत्र १०, मंगलवार
  • chhanbin.com

१० चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली बि–माले, सि–माले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे ।

मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’

एमाले वरिष्ठ नेता नेपालले ओलीमाथि व्यक्तिवादी बनेको र कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको दिशातिर लगेको आरोप लगाए ।

तर ओलीले ‘असली एमाले हामी हौं’, ‘जबजको हिमायती हामी हौं’ भन्ने भ्रम छलेको उनले बताए । जबज र केपी ओलीको कहिल्यै भेट नभएको भन्दै उनले भने, ‘जबज भनेको बहुमतको निर्णय मान्नु हो । तर उहाँले आफ्नो बहुमत नभएको केन्द्रीय कमिटीका सदस्यलाई सडक छाप भन्नुभयो ।’