ट्याक्सी व्यवसायी र पठाओबीच विवाद

  • प्रकाशित मिति : २०७७ चैत्र १०, मंगलवार
  • chhanbin.com

१०चैत,काठमाडौँ। ट्याक्सी व्यवसायी र पछिल्लो समय जनस्तरमा लोकप्रिय भइरहेको पठाओबीच विवाद चर्किन थालेको छ।

सोमबार साँझ नयाँ बसपार्कमा आफू जसरी पठाओ पनि यात्रु रुँगेर जम्मा भएको भन्दै ट्याक्सी व्यवसायी आक्रोशित भएका थिए। त्यसक्रममा यी दुई समूहबीच विवाद चर्किएको थियो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुवै पक्षका सात जनालाई नियन्त्रणमा लिएर सहमति भएपछि छाडेको थियो।

‘उहाँहरु सम्बन्धित निकायमा गएर विवाद समाधान गर्छौँ भनेपछि हामीले नियन्त्रणमा लिइएका सबैलाई छाडेका थियौँ’, काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए।

ट्याक्सी व्यवसायी र पठा‌ओ राइडरहरुले केहीबेरअघि नयाँ बसपार्क क्षेत्रमा प्रदर्शन गरेका थिए।