२८ माघ, काठमाडौं । बुधबार नेप्से परिसूचक आठ अंकले बढेर बन्द भएको छ । कारोवारको सुरुवातमा तीव्र अंकले ओरालो लागेको बजार २ हजार ५ सय ४२ अंकमा पुगेर बन्द भएको हो ।
सुरुवातमा २ हजार ५ सय ४८ अंक सम्म उकालो लागेको बजार लगत्तै २ हजार ५ सय ११ अंक सम्म झरेको थियो । पहिलो आधा घण्टासम्म अघिल्लो दिनकै लयलाई पछ्याएको नेप्सेले त्यसपछि बाटो परिवर्तन गरेको हो । बैंकिङ्ग उपसमूहको परिसूचक बढेपछि बुधबार नेप्से बढ्न पुग्यो ।
बुधबार ग्लोबल आइएमई बैंकको सर्वाधिक ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु बैंकको ४६ करोड र कुमारी बैंकको ३७ करोड रुपैयाँको किनबेच भएको छ ।