२८ माघ, काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो श्रृङ्खला फागुणको २१ गतेबाट प्रशारण हुने भएको छ । पहिलो सिजनमै लोकप्रियता हासिल गरेको यो शो कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म प्रशारण हुनेछ ।
दोश्रो सिजनको अडिसन राउन्ड सकिएर अहिले धमाधम फिजिकल अडिसनको छायांकथ्रि प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको यो शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायकको भूमिकामा छन् भने नायिका तथा मोडल रीमा विश्वकर्माले शोको होष्ट गरिरहेकी छन् ।